शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय सक्रिय बनाउने प्रस्ताव – Kanika Khabar
Monday, February 16Nepali News Portal

शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय सक्रिय बनाउने प्रस्ताव

    मा प्रकाशित

काठमाडौं, २७ भदाै ।

सरकारले शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयलाई सक्रिय बनाउने प्रस्ताव गरेको छ ।

आज बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा केन्द्र सरकार मातहतका निकाय शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयलाई ब्युँताउने प्रस्ताव गरिएको हो ।

विधेयकमा विद्यालय शिक्षाको राष्ट्रिय नीति, योजना र मापदण्ड कार्यान्वयन गर्न वा गराउन तथा विद्यालय शिक्षा सम्बन्धमा अन्य आवश्यक कार्य गर्न शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभाग रहने व्यवस्था राखिएको छ ।

त्यस्तै विद्यालयहरुको जिल्लागत समन्वय गर्न, राष्ट्रिय परीक्षा बोर्ड र शिक्षक सेवा आयोगको काममा प्रभावकारिता कायम गर्न जिल्ला शिक्षा कार्यालय पनि ब्युँताउने प्रस्ताव गरिएको छ ।

शिक्षक तथा विद्यालयलाई पुरस्कार र प्रोत्साहन गर्ने, संघीय र प्रदेश सरकारले तोकेका अरु काम गर्ने पनि जिल्ला शिक्षा कार्यालयको जिम्मेवारी तोकिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्