स्वर्गीय नेम्वाङको आज अन्त्येष्टि, शोकमा सार्वजनिक बिदा – Kanika Khabar
Monday, February 16Nepali News Portal

स्वर्गीय नेम्वाङको आज अन्त्येष्टि, शोकमा सार्वजनिक बिदा

    मा प्रकाशित

दाङ, २८ भदौ ।
संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज अन्त्येटि गरिदै छ । स्वर्गीय नेम्वाङको शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको हो ।

शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको नेकपा एमालेले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले ११ बजे अघि नै पशुपति आर्यघाट पुग्ने गरी शव यात्रा सुरु हुने जानकारी दिए ।

मंगलबार बिहान १ बजे हृदयघातबाट निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर बुधबार दिउँसो एक बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि बालुवाटारस्थित निजी निवासमा लगिएको थियो ।

नेम्वाङको निधनको शोकमा आज सरकारले सार्वजनिक बिदा दिएको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्