दाङ, २८ भदाै ।
स्वच्छ नेपालले महिलाहरुको पर्व हरितालिका तीजका अवसरमा शुभकामना आदान प्रदान तथा तीज मिलन कार्यक्रम गरेको छ।
स्वच्छ नेपालका अध्यक्ष विन्दु गिरीको अधयक्षता एव लुम्बिनी प्रदेश सभा सदस्य लोका वि क को प्रमुख आतिथ्यतामा सम्पनन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि विकले महिलाहरु सामाजिक सांस्कृतिक र राजनीतिक रुपले सवल र सक्षम भए जसरी अव आर्थिक रुपमा पनि सवल र सक्षम हुन जरुरी रहेको बताइन् ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य वि क ले महिलाहरुको सर्वपक्षीय विकास विना देशको आर्थिक विकास संभव नहुने भन्दै लुम्बिनी प्रदेशले निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक भदौ २२ गते प्रदेशसभाबा पारित गरेको बताइन्।
विधेयकमा कलस्टर छुटयाएर कोटा निर्धारण गरेको बताउदै अव महिलाहरुले आफूलाई आर्थिक रुपले सक्षम वनाउन लाग्नुपर्नेमा प्रमुख अतिथिले जोड दिइन्। प्रमुख अतिथि विक ले संस्कृति हाम्रो पहिचान भएको बताउदै यसमा देखा परेका विकृति र विसंगतिलाइ रोक्न यस्ता महिलाहरुका संघ संगठन तथा संस्थाहरुको दायित्व रहेको बताइन् । संस्कृतिको संरक्षण र संवर्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हरेक पुस्ताको दायित्व भएको बताउदै प्रमुख अतिथि प्रदेश सभा सदस्य वि क ले पर्व , चाड र परम्पराको मौलिकतालाई जोगाइ राखनुपर्ने बताइन् । यस्तै कार्यक्रमका अर्का अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष वसुन्धरा गौतमले तीज पर्व सांस्कृतिक सामाजिक पर्व भएको बताउँदै यसले समाजमा एकता र सद्भाव फैलाउन परापूर्वकालदेखि महत्वपूर्ण भुमिका खेल्दै आएको बताइन् । गौतमले तीज महिलाहरुको स्वतन्त्रताको पर्व भएको बताउँदै यसमा पछिल्ला समय केही विकृति फैलिएको टिका टिप्पणी हुने गरेको उल्लेख गर्दै पर्वलाई विकृत हुन नदिन महिलाहरु सचेत हुनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रमका अर्का अतिथि नेपाल प्रस युनीयनका केन्द्रीय उपमहासचिव शुलोचना गौतमले हाम्रा पर्वहरु सवैले अपनत्व महसुस हुने गरी मनाउन यस्ता कार्यक्रमहरुको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
गौतमले तीज पर्व खुशी र उमंगको पर्व भएको बताउदै अवस्था र व्यवस्था अनुसार सवै खुशी साटनुपर्ने बताइन्। यस्तै कार्यक्रममा नेपाल ब्युटिसियन संघ दाङका अध्यक्ष शुलोचना प्रधानले तीज परापूर्व कालदेखि महिलाहरुले मनाउने गरेको खुशी र उमंगको पर्व सवैले खुशी साटेर मनाउने वतावरण पछिल्लो समय झन विस्तार हुँदै गएको वताउनु भयो। यस्तै नारायणपुर उद्योग वाणिज्य संघका रेखा के सीले तीजले सामाजलाई जोडदै लगेको बताइन्। कार्यक्रममा स्वच्छ नेपालका संस्थापक अध्यक्ष शुशीला पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


