नेकपा एसमा कार्यविभाजन : नेता झाँक्रीले पाइन् युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी – Kanika Khabar
Saturday, September 30Nepali News Portal

नेकपा एसमा कार्यविभाजन : नेता झाँक्रीले पाइन् युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी

    मा प्रकाशित

काठमाडौँ, २८ भदौ ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) की सचिव रामकुमारी झाँक्रीले युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी पाएकी छिन् । पछिल्लो समयमा पार्टीले जिम्मेवारी नतोकेको भन्दै असन्तुष्ट रहँदै आएकी झाँक्रीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने गरी जिम्मा पाएकी हुन्।

पार्टी सचिवको भूमिका रहेकी उनलाई एकीकृत समाजवादीले युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी तोकेको छ।

यसैगरी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई एसिया, अष्ट्रेलिया र अफ्रिका इञ्चार्ज तोकिएको छ। केन्द्रीय कमिटी सदस्य अशोक थापालाई भारत प्रवास इञ्चार्जको जिम्मेवारी दिइएको छ।

केन्द्रीय परिषद् सदस्य भीमबहादुर भण्डारी भारत प्रवास कमिटीको सहइञ्चार्ज बनेको अन्तरपार्टी निर्देशन—११ मार्फत् जानकारी गराइएको छ।

भदौ ५ देखि ७ गतेसम्म ललितपुरमा बसेको पार्टी केन्द्रीय कमिटीको छैटौं बैठक, भदौ १८ र २२ गते बसेको सचिवालयको ६५ औं र ६६ औं बैठकले गरेका विभिन्न निर्णयहरू सर्कुलर गर्दै एकीकृत समाजवादीले कार्यविभाजनबारे जानकारी गराएको हो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्