दाङमा छाेरादवारा बाबुको हत्या – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा छाेरादवारा बाबुको हत्या

    मा प्रकाशित

दाङ , २९ भदाै ।
दाङमा छाेराले बाबुको हत्या गरेका छन् ।
जिल्लाकाे घाेराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षको छाेरा सन्तोष केसीले गए राति ५१ वर्षका बाबु प्रेमबहादुर केसीकाे हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेकाे छाेराकाे निर्घात कुटपिटबाट घाइते भएका बाबुकाे उपचारका क्रममा मृत्युु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।
कुटपिटमा संलग्न छाेराे सन्तोष केसीलाई प्रहरिले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्