टी २० विश्वकप रद्द हुने सम्भावना, शुक्रबार आधिकारीक निर्णय हुने – Kanika Khabar
Monday, April 21Nepali News Portal

टी २० विश्वकप रद्द हुने सम्भावना, शुक्रबार आधिकारीक निर्णय हुने

    मा प्रकाशित

कनिका डेस्क
असार २४, दाङ
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बैठक पर्सी फेरी बस्दैछ । जसमा आइसीसीले अष्ट्रेलियामा हुने भनिएको टी २० विश्वकप औपचारिक रुपमा स्थगित गर्ने निर्णय गर्न सक्ने बताइएको छ । अष्ट्रेलियन पत्रिका डेलिटेलिग्राफका अनुसार आइसीसीको बैठकमा विश्वकप स्थगित गर्ने निर्णय गर्न सक्ने बताइएको छ ।

पर्सी हुने बैठकले टी २० विश्वकपको नयाँ मिति भने नतोक्ने बताइएको छ । आयोजकले यो विश्वकप २०२१ मा गर्न चाहिरहेको छ, तर त्यो बेला भारतले विश्वकपको आयोजना गर्दैछ । यदि यो बर्ष नभएमा अष्ट्रेलियाले अरु दुई बर्ष कुर्नुपर्ने भएको छ । रिपोर्टका अनुसार अष्ट्रेलियाले सेप्टेम्बरमा इंग्ल्याण्डको भ्रमण गर्न सक्नेछ । जहाँ एकदिवसिय सिरीज खेल्ने योजना रहेको छ । यदि विश्वकप स्थगित भएमा भारतलाई आइपीएल गर्न निकै सहज हुनेछ ।

पछिल्लो केहि समयदेखि टी २० विश्वकप स्थगित भएर आइपीएल हुने ठुलो चर्चा छ । जसको पाकिस्तानी क्रिकेटरले विरोध गर्दै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्