मा प्रकाशित
स्याङ्जा, ३० भदौ ।
स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ रहेका छन् ।
उनीहरुलाई ३२ वर्षकी अपांगता भएकी महिलालाई सामूहिक बलात्कारको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अनुसार भदौ २० गते वौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् ।