देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द – Kanika Khabar
Saturday, September 30Nepali News Portal

देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

    मा प्रकाशित

दाङ, ३० भदौ ।
नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले भोलि देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो ।

आज शनिबार साँझ संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो। गत बुधवार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्