नेपाल डिस्ट्रिक अफ अप्टिमिस्ट इन्टरनेसनलकाे केन्द्रीय कोषाध्यक्षमा दाङका आचार्य – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

नेपाल डिस्ट्रिक अफ अप्टिमिस्ट इन्टरनेसनलकाे केन्द्रीय कोषाध्यक्षमा दाङका आचार्य

    मा प्रकाशित

दाङ, ३१ भदौ ।
नेपाल डिस्ट्रिक अफ अप्टिमिस्ट इन्टरनेसनलको केन्द्रीय कोषाध्यक्षमा दाङका निसान्त आचार्य सर्वसम्मत चयन भएका छन् । यही भदौ २९ र ३० गते हेटौडामा सम्पन्न राष्ट्रिय अधिवेशनबाट आचार्य केन्द्रीय कोषाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

आचार्य लामो समयदेखि शिक्षण पेसामा आवद्ध रहेका छन् । शिक्षण पेसाका साथै समाज सेवामा तल्लीन रहने आचार्य विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध रहँदै आएका छन् । आचार्य त्रिभुवन नगर जेसिजको पूर्व अध्यक्ष, नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाध्यक्ष तथा महासचिव तथा जेसिआइ फाउन्डेसनका वर्तमान महासचिव रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । त्यसो त आचार्य लायन्स कल्ब अफ घोराही र रोटरी क्लब दाङका संस्थापक रहेर अब्बल नेतृत्व गरिसकेका छन् । आचार्य नेतृत्वमा काबिल मानिन्छन् ।

अधिवेशनबाट राष्ट्रि गभर्नरमा प्रकाश घिमिरे , गभर्नर ईलेक्टमा केशव काफ्ले, डिपुटी गभर्नरमा शरद चन्द्र भट्टराई, लेफ्टिनेंट गभर्नरमा ऋषिश्वर थपलिया,सुरेन्द्र थापा, भबिष्य कुमार मिश्र, मानबहादुर बस्नेत, राधा बोहोरा,अनिल बहादुर शाही, महासचिव प्रताप बहादुर थापा, कोषाध्यक्ष निशान्त आचार्य, पार्लियमेन्टरियन रिना श्रेष्ठ , सार्जन एट आर्म्स ओम प्रसाद चौलागाईं , निर्देशकहरु गुणराज थपलिया, ईश्वरीप्रसाद खनाल , यमुना सापकोटा, शालिकराम ढकाल , दिपेश शर्मा, पारसमणि दाहाल , कृष्णप्रसाद पौडेल , बिजय सत्याल , अन्जली श्रेष्ठ र रञ्जित प्रभास चयन भएका छन् ।

नेपाल डिस्ट्रिक्ट अफ अपीटमिस्टी इन्टरनेसनलको नायब गभर्नरमा दाङका मानबहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्