गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति कार्यालयले माग्यो स्पष्टीकरण – Kanika Khabar
Monday, February 16Nepali News Portal

गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति कार्यालयले माग्यो स्पष्टीकरण

    मा प्रकाशित

काठमाडौँ, ३१ भदौ ।
संविधान दिवसका अवसरमा ३४ जनालाई जन्म कैद मिनाहाका लागि गृह मन्त्रालयले राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको छ । गृह मन्त्रालयले गरेको सिफारिसमा राष्ट्रपति कार्यालयले स्पष्टीकरण माग गरेको हो । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई कैद मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

राष्ट्रपति कार्यालयले कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट पार्न तथा उनीहरूको व्यक्तिगत विवरण पठाउन समेत गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

गृह मन्त्रालयले मन्त्रीपरिषदबाट निर्णय भए बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा चासो राखेको हो । सिफारिस गरिएका ३४ जनामध्ये अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरू छन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिने तयारी गरेको छ ।

कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएकोमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले ६७० जनाको कैद मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्