ट्याक्सीलाई चल्न दिन सरकारलाई संसदीय समितिको निर्देशन – Kanika Khabar
Friday, April 19Nepali News Portal

ट्याक्सीलाई चल्न दिन सरकारलाई संसदीय समितिको निर्देशन

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, काठमाडौं ।

संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्डअनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो । सुरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने समिति सभापति कल्याणीकुमारी खड्काले बताउनुभयो । आज समितिमा ट्याक्सी व्यवसायी नेता र मजदुरसँगको छलफल भएको थियो । ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, मनोसामाजिक समस्य पर्ने बढेकोलगायतका गुनासो राखेका थिए । उनीहरूले बैङ्कको किस्ता तिर्न समस्या परिरहेको भन्दै ब्याजमा मिनाहा र छुट दिनुपर्ने माग गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्