दाङ,३१ भदौ ।
दाङ प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जना व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ६ गैरीगाउँ निवासी ३६ वर्षीय यज्ञ बहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक मल्लले जानकारी दिए ।
केसीलाई सर्वोच्च अदालतले गत वर्ष माघ ४ गते बैंकिङ कसुर मुद्दामा १४ लाख ५० हजार जरिवाना फैसला सुनाएको थियो । उनलाई घोराही उपमहानगरपालिका १५ स्थित हिलटन होटेलमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेका केसीलाई आइतबार जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।


