न्युयोर्क अमेरिका ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाइने बताएका हुन् ।
सञ्चारकर्मीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट बञ्चित हुन दिइने छैन ।’ प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिए ।