शिख नेताको हत्यामा भारतको संलग्नता रहेको क्यानडाको दावी – Kanika Khabar
Monday, February 16Nepali News Portal

शिख नेताको हत्यामा भारतको संलग्नता रहेको क्यानडाको दावी

    मा प्रकाशित
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो

दाङ, २ असोज ।
क्यानडाले एकजना शिख नेताको हत्यामा भारतको संलग्नता रहेको क्यानडाले दावी गरेको छ । हत्याको आरोपमा क्यानडाले भारतका एक कूटनीतिज्ञलाई देश निकाला समेत गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजो संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिस कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए ।

लगत्तै क्यानडा सरकारले यस मामिलामा भारतीय कूटनीतिज्ञलाई निस्कासन गरेको जानकारी दिएको छ । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले भारतीय कूटनीतिज्ञ पवनकुमार राईलाई देशनिकाला गरिएको जानकारी दिएकी हुन् ।

भारतले भने क्यानडाको आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद छ ।’

क्यानडामा भारतीय मूलका १४ लाख बढी नागरिक रहेको बताइन्छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् । क्यानडामा विपक्षी दल न्यु डेमोक्रेटिक पार्टीका नेता शिख समुदायकै जगमित सिंह छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्