मा प्रकाशित
भक्तपुर, २ असाेज ।
भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । जिल्लाकाे भक्तपुर नगरपालिका-७ इनाचो बस्ने हर्क रत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ७ सय ४५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।