दाङ ३ असोज
आज असोज ३ गते अर्थात संविधान दिवस देशचर विभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले विद्यार्थीलाई राजनीतिक कुरा बुझाउन देशको वर्तमान राजनीतिक अबस्था र अब आउँदा दिनमा कस्तो हुनुपर्छ भन्ने कुरा देखाउन नमुना सांसद बैठकको आयोजना गरी मनाएको छ ।
केही नेता अनि सांसद सभामुख अनि प्रधानमन्त्रीको भूमिकामा रहेका व्यक्तिहरु उपस्थित भएका थिए । सो कार्यक्रममा सभामुखले मन्त्री तथा सांसदलाई बोल्ने समय निर्धारण गर्दथै । देख्दा साँचिकै सघीय संसद भवनमा भैरहेको बैठक जस्तो । तर यो वास्तविक संसद बैठक नभएर एउटा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई राजनीतिक बैठक तथा मन्त्रीहरुले देश चलाउन कसरी काम गर्छन भन्ने अनुभव गराउन र सिकाउनको लागि आयोजना गरिएको नाटकीय नमुना सांसद बैठकको कार्यक्रम थियो ।
आज आठौ संबिधान दिवसको अवसरमा दाङको घोराहीमा रहेको आइएसओ सर्टिफाइड विद्यालयले व्यवहारिक ज्ञान प्रदान गर्न यो कार्यक्रम गरेको थियो । नमुना सांसद बैठकमा विभिन्न मन्त्रीहरुले आफ्ना योजना प्रस्तुत गरेको थिए । कार्यक्रममा उपस्थित सत्तापक्ष तथा प्रतिपक्ष नेताहरुलाई सभामुखले बोल्ने समय उपलब्ध गराउदै गर्दा सांसदले प्रश्न राख्छन र अन्य उपस्थितले टेवल बजाएर साथ दिन्छन । नाटकीय संसद बैठकको आयोजनाले गर्दा विद्यार्थीहरुले वास्तविक राजनीतिको बारेमा अनुभव गर्न पाएका छन भने संविधान आएपछि देशको कानुन र विभिन्न महत्वपुर्ण कुराहरुको जानकारी लिने मौका पाएका छन । नमुना सांसद बैठकमा वर्तमान घटनाक्रमलाई देखाइएको थियो भने दोस्रो चरणमा देशमा कस्तो अवस्था हुनुपर्छ भन्ने देखाइएको थियो । यो नाटकीय सांसदले राम्रो सन्देश दिएको संस्कृतविद् गोविन्द आचार्यले बताए ।
सांसद बैठकलाई युवा नेतृक्त्व आजको आवश्यकता , भ्रष्टाचारको विरोध र प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भन्ने मुल नाराको साथ सम्पन्न गरिएको थियो । नाटकीय संसाद बैठकमा कक्षा ८, ९, १०, ११ र १२ का विद्यार्थीहरु सहभागी भएका थिए । आज विशेष दिन संबिधान दिवसको अवसरमा बालबालिकाहरुलाई प्रतिनिधि सभा भनेको केहो यो कसरी संचालन गरिन्छ भन्ने कुरा सिकाउने मुख्य लक्ष्य राखेर उक्त कार्यक्रम गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताए ।
विद्यालयमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरुलाई कसरी राजनीति गर्ने राजनीति भनेको केहो प्रदेश सभा तथा प्रतिनिधि सभा भनेको केहो भन्ने कुरा बुझेका व्यवहारिक रुपमा बुझेका छन । नाटकीय संसदको पहिलो सदनमा सभामुखकको भुमिकामा सुप्रिया थापा र प्रधानमन्त्रीमा उत्सव पोख्रेल रहेका थिए । विद्यालयका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गरेका थिए । कार्यक्रममा स्वागत प्रधानाध्यापक डा. कृष्णराज डिसीले गरेका थिए भने कार्यक्रमकौ संयोजकमा आइएसए संयोजक तथा शिक्षक इन्द्र प्रसाद पोख्रेल रहेका थिए।


