एसइइ ग्रेड वृद्धिकाे नतिजा सार्वजनिक – Kanika Khabar
Monday, February 16Nepali News Portal

एसइइ ग्रेड वृद्धिकाे नतिजा सार्वजनिक

    मा प्रकाशित

दाङ, असोज ४ ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७९ काे ग्रेड वृद्धि परीक्षाकाे नतिजा सार्वजनिक भएकाे छ ।

राष्ट्रिय परीक्षा बाेर्डले आज बिहीबार एसइइ २०७९ काे ग्रेड वृद्धि परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे ।

बाेर्डले गत साउन २६ र २७ गते ग्रेड वृद्धि परीक्षा लिएकाे थियाे । परीक्षामा १ लाख १३ हजार ३ सय १३ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा ७५ हजार ८ सय ९७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । एक जना परीक्षार्थीकाे परीक्षा रद्द गरिएकाे बाेर्डले जनाएकाे छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्