दाङ, ४ असाेज ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले केही सञ्चार माध्यममा आएका समाचार तथा सामाजिक सञ्जालामा आएका स्टाटसप्रति ध्यानाकर्षण जनाएकाे छ ।
आज बिहीबार एक विज्ञप्ति जारी गरी संघले केही सञ्चार माध्यममा आएका समाचार तथा सामाजिक सञ्जालामा आएका स्टाटसप्रति ध्यानाकर्षण जनाएकाे हाे ।
`२०७९ साल श्रावण १ गते देखि २०७९ पुस मसान्त सम्म बजारमा व्यावसायीक सचेतना संचालन गर्दाका बखत दर्ता तथा नवीकरण गराउने काममा केही रसिदहरु दोहोरो नामावली पर्न गएको हुँदा ती रसिदहरुलाई रद्द नगरी सोही रसिदमा सामान्य संशोधन गरी अन्य सदस्यहरुको नवीकरण गरिएको र सो रसिद बरावरको रकम समेत बैंकमा दाखिला भएकोमा ती रसिदहरु किर्तेहुन भनी केही सञ्चार माध्यम र सामाजिक संजालमा आएको हुादा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।´ जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै जारी विज्ञप्तिमा ती दोहोरो नामावली भएका रसिदहरुबाट सम्बन्धित व्यक्तिहरुले संघमा आई उक्त समयमा दावी विरोध गरेको पनि नपाईएको हुँदा बाहिर आएका भ्रमाक समाचार पछाडि नलाग्न सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई अनुराेध समेत गरिएकाे छ ।
संघका अध्यक्ष टंकसिंह बुढाथोकी र महासचिव महेन्द्र बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्ति संघले जारी गरी ध्यानाकर्षण भएकाे जनाएकाे छ ।



