हमाल दम्पतीद्वारा अस्पताललाई सिबिसी मेसिन हस्तान्तरण – Kanika Khabar
Monday, February 16Nepali News Portal

हमाल दम्पतीद्वारा अस्पताललाई सिबिसी मेसिन हस्तान्तरण

    मा प्रकाशित

दाङ, ४ असोज ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका नगर सभापती तथा त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमाल र रेखा हमालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सिबिसी मेसिन हस्तान्तरण गरेका छन् ।

२६ औं वैवाहिक वर्षगाठको अवसरमा हमाल दम्पतीले अस्पताललाई रगत जाच गर्ने मेसिन हस्तान्तरण गरेका हुन । बिरामीलाई उपचारमा सहज होस भन्ने उद्देश्यले सिविसी मेसिन हस्तान्तण गरेको भन्दै हमालले भने,‘रिफर सेन्टरको रुपमा मात्र नभएर यहाँ आएपछि उपचार हुन्छ भन्ने बिश्वासको वातावरण हस्पिटलले बनाउनुपर्छ ।’ यसका लागि सवैले सहयोग आवश्यक रहेको समेत उनले बताए ।

कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यैपानेले अस्पताल सुधार गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले हिजका दिनहरुमा पचास बिरामीले सेवा लिने गरेको अस्पतालमा आजकल दैनिक हजार बढी बिरामीहरुको चाप भैरहेको भन्दै अस्पतालको थप विकासका लागि संघीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको बताएका थिए । हालै लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताललाई पाँच सय बेडको अस्पतालका रुपमा बिकास गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्