पूर्व मन्त्री भट्टकाे निधन – Kanika Khabar
Monday, February 16Nepali News Portal

पूर्व मन्त्री भट्टकाे निधन

    मा प्रकाशित

काठमाडौं , ५ असाेज ।

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित उनको गएराति काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । उनी गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फाेट गराएको थियो । उनी त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए । जनवादी मोर्चाबाट उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा उहाँ पटक-पटक जेलसमेत पर्नु भएको थियो । २०७० सालमा नेपाली कांग्रेस त्यागेर भट्ट माओवादीमा प्रवेश गरेका थिए । पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्