तुलसीपुर , असोज ६ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक ब्यक्तिको अन्धाधुन्द खुकुरी प्रहारका घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका छन् ।
शनिबार घटनाको केही बेरमै खुकुरी प्रहारबाट घाइते भइ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारत ४५ बर्षीय बीरबहादुर हमाललाई मुख्यमन्त्री चौधरीले अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बुझेका हुन ।
बीरबहादुरको हप्केलामा खुकुरी प्रहार बाट गहिरो घाउ खत लागेको छ । घाँटीमा आक्रमण हुन थालेपछि उनले हातले उक्त खुकुरी छोप्न खोज्दा काटिएको मुख्यमन्त्री चौधरीसंग बताएका थिए । ‘हत्या गर्ने उदेश्यसहित उस्ले मेरो सोझै घाँटी ताकेर प्रहार गरेको थियो ,’ बीरबहादुरले भने ‘ तर, मलै होसियारी पूर्वक म माथि प्रहार भएको खुकुरी हातले छेकेर ज्यान जोगाउन सफल भए ।’
बीरबहादुरकी ६५ बर्षीया आमा कमला (चन्द्रकुमारी) हमाल खुकुरी प्रहारबाट गभ्भीर घाइते भएकी छन । कमलालाई तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके तर्फ रिफर गरिएको छ ।
घाइते बीरबहादुरले मुख्यमन्त्री चौधरी संग आमाको अवस्था गम्भीर रहेको भन्दै उपचारमा सघाउन आग्रह गरेका थिए । मुख्यमन्त्रीले ब्यक्तिगत रुपमा र प्रदेश सरकारबाट समेत सल्लाह गरि सहयोग बारे कुरा गर्ने बचन दिएका थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका ३९ बर्षीय टेकबहादुर हमालले शनिबार दिउँसो सवा दुई बजेतिर घरबाट खुकुरी निकालेर गइ घरमै बसी रहेकी छिमेकी ४३ बर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरि हत्या गरेका थिए । लामिछानेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले जानकारी दिए ।
डिएसपी पोखरेलका अनुसार देउता चढेको भन्दै घरबाट खुकुरी लिइ निस्केका टेकबहादुरले गाउँमा जो भेटिन्छ्न उनैमाथि अन्धाधुन्द खुकुरी प्रहार गरेका थिए । घटनाका आरोपित टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे मुख्यमन्त्री चौधरीले दुःख ब्यक्त गरेका थिए


