सवारी दुर्घटनामा परी दुई जनाकाे मृत्युु – Kanika Khabar
Monday, February 16Nepali News Portal

सवारी दुर्घटनामा परी दुई जनाकाे मृत्युु

    मा प्रकाशित

दाङ, ८ असाेज ।
दाङ- सल्यानमा जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ।
आज बिहान कपुरकाेट गाउँपालिका- ३ चाेरखाेला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा राेल्पाबाट दाङतर्फ आइरहेकाे तरकारी बाेकेकाे रा १ च १०२५ नम्बरकाे सिंगल क्याप जिप दुर्घटना हुदा २ जनाकाे घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घटनामा परेर एक जना घाइते भएका छन्। घाइतेलाई थप उपचारको लागि दाङ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।
जीप अनियन्त्रित हुँदा सडकदेखि करिब ३५० मिटर तल खसेकाे थियाे।

घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका – २ का ३५ बर्षीय नारायण डाँगी रहेको सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।
मृत्यु भएका व्यक्तिकाे पहिचान हुन नसकेकाे प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरुको परिचय खुलेको छैन।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्