गैरकानुनी सम्पत्ति आर्जन अभियोग : पूर्वमन्त्री भ्रष्टाचारी ठहर – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

गैरकानुनी सम्पत्ति आर्जन अभियोग : पूर्वमन्त्री भ्रष्टाचारी ठहर

    मा प्रकाशित

काठमाडौँ, ८ असोज ।
विशेष अदालतले पूर्व मन्त्रीसहित तीनजनालाई गैरकानुनी सम्पत्ति आजृन गरेको अभियोगमा दोषी ठहर गरेको छ । अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको हो ।

विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा रामकुमार श्रेष्ठसहित उनकी श्रीमती सरस्वती र छोरा सरोज छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ गते ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानूनी आर्जन गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।

सार्वजनिक सेवामा रहँदा उनले ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका थिए । तर छानबिन हुँदा उनको साथमा ११ करोड ३५ लाख रुपैयाँ सम्पत्ति भेटियो । अख्तियारले स्रोत नखुलेको भन्दै ४ करोड ४५ लाख रुपैयाँ बिगो माग दावी गरेको थियो ।

पूर्वमन्त्री श्रेष्ठले २०७० सालमा तत्कालीन प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्