संस्थाको हित विपरीत कुनै काम भएको छैन : अध्यक्ष बुढाथोकी – Kanika Khabar
Thursday, June 19Nepali News Portal

संस्थाको हित विपरीत कुनै काम भएको छैन : अध्यक्ष बुढाथोकी

    मा प्रकाशित

घोराही, ११ असोज

दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज १३ गते हुने निर्वाचनका सम्दर्भमा परेको निवेदनका विषयमा भएको छलफलमा वर्तमान कार्यसमितिले गलत गरेको स्वीकार गरेको भन्दै केही सञ्चार माध्यममा आएको समाचारप्रति अध्यक्ष टंकसिंह बुढाथोकीले आपत्ति व्यक्त गर्नुभएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिले गल्ती गरेको भनि अध्यक्षले स्वीकार गरेको भनि आएका समाचारप्रति आपत्ति व्यक्त गर्दै वर्तमान कार्यसमितिबाट कुनै गल्ती नभएको बताउनुभयो ।

उहाँले वर्तमान कार्यसमितिले जिम्मा दिएको निर्वाचन समितिले विधी विधान अनुसार नै काम गरेको भन्दै गलत हल्लाको पछि नलाग्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।

‘वर्तमान कार्यसमितिले संस्थागत विकास र व्यवसायिक हकहितालागी धेरै महत्वपूर्ण कामहरु गरेको छ । वर्तमान कार्यसमितिले गरेको कामको सकारात्मक प्रभाव देखेर केही व्यक्तीहरुले गलत प्रचार गरेका छन्’ उहाँले भन्नुभयो– ‘संस्थाको हित र विधान विपरित काम नगरेको जानकारी गराउन चाहन्छु ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्