दाङ, ११ असाेज ।
चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरूले आज पनि सडक आन्दोलन गरेका छन् । देशका विभिन्न स्थानमा चिकित्सकहरूले प्रदर्शन गरेका हुन् ।
आज पनि चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
मेडिकल अफिसर संघर्ष समितिका नाममा बुधबार माइतीघरदेखि बबरमहलसम्म उनीहरुले प्रदर्शन गरेका हुन्।
चिकित्समाथि आक्रमण गर्नेलाई कारबाही गनुपर्ने, चिकित्सकको कार्यस्थलमा सुरक्षाको प्रबन्ध हुनुपर्ने लगातका मागसहित डाक्टरहरु आन्दोलित भएका हुन्।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण हुन थालेको भन्दै बाँकेका चिकित्सकहरु कामकाज छाडेर सडकमा उत्रिएका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा बाँकेका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरुले काम बन्द गरेर सडकमा उत्रिएका हुन् ।
आज बाँकेका सरकारी तथा निजी अस्पतालहरुको आकस्मिक बाहेकका सबै सेवा बन्द हुने चिकित्सक संघ बाँकेले जनाएको छ ।



