गढवामा लालपूर्जाका लागि जग्गाको नापजाँच सुरु – Kanika Khabar
Sunday, September 8Nepali News Portal

गढवामा लालपूर्जाका लागि जग्गाको नापजाँच सुरु

    मा प्रकाशित

घोराही, १२ असोज ।

भूमिहिन तथा सुकुम्वासीलाई लालपुर्जा वितरणका लागि गढवा गाउँपालिकामा जग्गा नापजाँचको काम सुरु भएको छ । गढवा गाउँपालिका–३ को खैरा गाँउबाट भूमिहिन, सुकुम्बासी, दलित तथा अब्यवस्थित बसोबासीहरूले जोतभोग गरिरहेको जग्गा नापजाँचको कार्य सुरु भएको हो ।

गढवा गाउँपालिकाको वडा नं. १ र २ मा जग्गा नाप जाँचको काम सकिएपछि विहीवारदेखि वडा नं. ३ मा नापजाँचको काम सुरु भएको गढवा गाउँपालिका भूमि शाखा प्रमुख सञ्जित पौडेलले जानकारी दिनुभएको छ । जग्गा नापजाँचको काम सुरु भएपछि बर्षाैदेखि लालपूर्जा बिहिन नागरिकलाई लालपूर्जा प्राप्त हुने आशा पलाएको छ ।

गढवा गाउँपालिकामा वडा नं. १ मा १ हजार ५ सय ७ घरधुरीको नापजाँच गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जसमा अव्यवस्थित १ हजार १ सय ५, भुमिहिन दलित ९५, भुमिहिन सुकुम्बासी ३ सय ७ गरी जम्मा २ हजार पाँच सय ५९ कित्ता नापजाँच गरिएको छ । जस्मा २ सय ७९ हेक्टर जग्गा रहेको छ ।

त्यसैगरी वडा नं. २ मा १ हजार ८ घरधुरीको जग्गा नापजाच भएको छ । जसमा १ सय ६५ हेक्टर जमिनको २ हजार ७ सय ९६ कित्ताको नापजाँच गरिएको छ । जसमा अव्यवस्थित बसोवासी ९ सय ३८ जना, भुमिहिन दलित १९ जना, भुमिहिन सुकुम्बासी ५१ जना गरी जम्मा २ हजार ७ सय ९६ जना रहनुभएको पौडलले जानकारी दिनुभएको छ ।

गढवा गाउँपालिकामा यस आर्थिक बर्षभित्र वडा नं. १ देखि ८ सम्मका सवै वडामा जग्गाको नापजाँचको काम सक्ने गरि काम भइरहेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभएको छ ।

‘गढवा गाउँपालिकामा यसआर्थिक बर्षमा सवै वडामा जग्गाको नापजाँच गर्ने र अर्काे बर्ष जग्गा वितरण गर्नेगरी जग्गाको नापजाँचको काम भइरहेको छ’,गाउँपालिका अध्यक्ष पोख्रेलले भन्नुभयोे,‘जसअनुसार अहिलेसम्म दुई वटा वडाहरुमा नापजाँचको काम सकिएको छ भने ३ नम्वर वडामा काम सुरु भएको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्