समावेशी प्यानलका उमेदवारहरुले भुक्तानी गरिदिए अपांग संघको विद्युत महसुल – Kanika Khabar
Sunday, December 3Nepali News Portal

समावेशी प्यानलका उमेदवारहरुले भुक्तानी गरिदिए अपांग संघको विद्युत महसुल

    मा प्रकाशित

घोराही, १२ असाेज ।

घोराही–१४ झिंगौरास्थित अपांग संघको काटिन लागेको बत्ती साझा समावेशी व्यावसायिक प्यानलका कारण जोगिएको छ ।
संघको आर्थिक अवस्था नाजूक भएका कारण महिनौदेखि बत्तीको बिल तिर्न नसक्दा संघको बत्तीको लाइन नेपाल विद्युत प्राधिकरणले काट्ने तयारी गरेको थियो ।
बत्ती काट्नका लागि प्राधिकरणले कर्मचारी समेत संघमा पठाएको समयमा समावेशी व्यवसायीक प्यानलका उमेदवारहरुले बत्तीको बिल आफूहरुले तिरिदिने भनेपछि प्राधिकरणको कर्मचारी संघबाट फर्किएको थियो ।

बत्तीको बिल तिर्नका लागि शुक्रबार समावेशी व्यावसायिक प्यानलको तर्फबाट संघलाई १२ हजार ५ सहया सहयोग गरिएको छ । समावेशी व्यावसायिक प्यानल प्रचारप्रसार समितिका संयोजक सविन प्रियासन, बाणिज्य उपाध्यक्षका उमेदवार राजभक्त राना, प्यानललाई नै निर्वाचित गराउन बजार प्रचारको कमाण्ड सम्हाल्नुभएका दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले संयुक्तरुपमा संघका सहसचिव बसन्तराज भट्टलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम ग्रहण गर्दै सहसचिव भट्टले सहयोग गर्ने साझा व्यवसायीक प्यानललाई धन्यवाद ज्ञापन गरेका छन् ।

सामाजिक सेवालाई समेत उच्च प्राथमिकता दिएको समावेशी व्यवसायीक प्यानलका वाणिज्य उपाध्यक्ष पदका उमेदवार राजभक्त रानाले आफूहरुले कसैलाई प्रभाव पार्नका लागि नभएर संघको आर्थिक अवस्थालाई मध्यनजर गर्दै बत्ती काटिदा त्यहाँ बसोबास गर्ने अशक्त बालबालिकाहरुलाई समेत गम्भीर असर गर्ने भएकाले बत्तीको रकम सहयोग गरेको बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज १३ गते निर्वाचन हुँदैछ । साझा समावेशी व्यवसायिक प्यानलले केही दिन अगाडि अपांग संघ झिंगौराबाटै त्यहाँ बसोबास गर्ने अशक्त बालबालिकाहरुलाई सहयोग गरेर प्रचार अभियान सुरु गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्