नेपाली कांग्रेस क्षेत्र नम्बर २(२) को प्रवक्तामा बुढाथोकी – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

नेपाली कांग्रेस क्षेत्र नम्बर २(२) को प्रवक्तामा बुढाथोकी

    मा प्रकाशित

दाङ,१३ असोज । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(२) को प्रवक्तामा भोला बुढाथोकी नियुक्त भएका छन् । शुक्रबार बसेको बैठकले बुढाथोकीलाई प्रवक्तामा नियुक्त गरेको हो । घोराही उपमहानगरपालिका वडा नम्बर ८ निवासी बुढाथोकी प्रदेश २(२) का सदस्य समेत हुन् । समाजसेवीसमेत रहेका बुढाथोकी सदैव पार्टीका संगठन बिस्तारमा सक्रिय रहेका छन् ।

त्यस्तै बैठकले विभिन्न शाखाको जिम्मेवारी तोकेको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(२) का सभापति अभियान बस्नेतको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जिम्मेवारी तोकेको हो ।

पार्टी सुदृढीकरणका लागि बैठकले प्रदेश २ (२) का १२ वटामा प्रतिनिधि खटाउने भएको छ । जसका लागि घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रेश्मीराज खड्का, वडा नम्बर ७ मा भोला बुढाथोकी, वडा नम्बर ८ मा लक्ष्मी शाह, वडा नम्बर ९मा लिलाकुमारी बुढाथोकी, वडा नम्बर १० मा शरद समीप, वडा नम्बर ११मा शोभा न्यौपाने, वडा नम्बर १२ मा रुपलाल बस्नेत तथा वडा नम्बर १६ पूर्णबहादुर रोकालाई प्रतिनिधिको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा आशाराम नेपाली (शंकर), वडा नम्बर १८ मा शोभाराम चौधरी, वडा नम्बर १७ ज्ञानबहादुर खत्री र वडा नम्बर १६ मा युद्धबहादुर डाँगी (सन्तोष) लाई प्रतिनिधिको जिम्मेवारी तोकिएको छ । साथै प्रदेश २(२) ले केन्द्रीय सदस्यको उपस्थितिमा दशै तिहार मिलन कार्यक्रम गर्ने निर्णय भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्