स्वास्थ्य क्षेत्रमा देखा परेको समस्याप्रति समाजको ध्यानाकर्षण – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

स्वास्थ्य क्षेत्रमा देखा परेको समस्याप्रति समाजको ध्यानाकर्षण

    मा प्रकाशित

घोराही, १३ असोज ।

नागरिक समाज दाङले स्वास्थ्य क्षेत्रमा देखा परेको समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । समाजका संयोजक केवी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले शनिबार विज्ञप्ति जारी गरेर देशका विभिन्न स्थानमा डाक्टर कुटने घटना अत्यन्तै अमानवीय एवम् निन्दनीय रहेको जनाउँदै घटना घटाउने जो कोहीलाई हदैसम्मको सजाय दिनु पर्नेमा सरकार मुकदर्शक बनेको प्रति ध्यानाकर्षण गराउनुभएको छ ।

यसैगरी, कुटपीटमा उत्रिएका अपराधीलाई कडा कारबाही नगरेसम्म बिरामीको उपचार नगर्ने भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिँदा स्वास्थ्य सेवा प्रभावित भई उपचार पाउनबाट वञ्चित हुन गई अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा सिर्जना भएको हुँदा चिकित्सकीय जिम्मेवारी बहन गर्न पनि अपिल गरिएको छ ।

यस प्रकारको विषम परिस्थितिमा नेपाल सरकार गम्भीर भई कानून हातमा लिने अपराधीलाई अविलम्ब हदैसम्मको कारवाही गरी कानूनी शासनको मर्म मान्यतालाई शिरोधार्य गर्दै चिकित्सकको आन्दोलन फिर्ता गराई विग्रदो परिस्थितिलाई सहज बनाउन समाजले सरकारको गम्भीर ध्यानाकर्षण गएको विज्ञप्तिमा उल्लेख छ ।

‘निमुखा नेपाली जनता चिकित्सकको आन्दोलनबाट प्रताडीत हुदै स्वास्थ्य सेवा प्राप्त गर्न वञ्चित हुन गई अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा छन् । यस्तो विषम परिस्थितिमा नेपाल सरकार गम्भीर भई कानून हातमा लिने अपराधीलाई अविलम्ब हदैसम्मको कारवाही गरी कानूनी शासनको मर्ममान्यतालाई शिरोधार्य गर्दै चिकित्सकको आन्दोलन फिर्ता गराई बिगँ्रदो परिस्थितिलाई सहज बनाउन ध्यानाकर्षण गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारले सात सय त्रिपन्न स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन डाक्टरको दरबन्दीसहित प्राथमिक स्वास्थ्य केन्द्र खोल्ने उदघोष गरेको पनि तीन वर्ष बित्दा पनि कार्यान्वयन हुन नसकेको प्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

‘नेपालको संविधानले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने प्रत्याभूति गरेको छ । तर, आधारभूत स्वास्थ्य सेवामा पनि सरकार गम्भीर हुन सकेको छैन’, विज्ञप्तिमा भनिएको छ ‘विडम्बनापूर्वक भन्नै पर्ने हुन्छ, स्थानीय तहमा प्रसव पीडामा रहेका महिलाले सहज रूपमा बच्चा जन्माउने वातावरण समेत सिर्जना हुन सकेको छैन ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्