दाङ जिल्ला उवासंघ निर्वाचन : नेतृत्वमा बसन्त जाेशी विजयी – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङ जिल्ला उवासंघ निर्वाचन : नेतृत्वमा बसन्त जाेशी विजयी

    मा प्रकाशित

दाङ,१४ असाेज ।

दाङ जिल्ला उद्याेग वाणिज्य महासंघकाे नयाँ नेतृत्वकाे लागि भएकाे निर्वाचनमा संयुक्त व्यवसायीकाे प्यानलका वसन्त जाेशी विजयी भएका छन् । हिजाे शनिबार भएकाे निर्वाचनकाे अन्तिम मत परिणाम अनुसार जाेशी १३५४ मत लिएर विजयी भएका हुन् ।
जाेशीका प्रतिस्पर्धी साझा समावेशी व्यावसायिक प्यानका रामप्रसाद पाेख्रेलले ९१० मत प्राप्त गरेका छन् । जाेशी ४३५ मतान्तरणका साथ विजयी भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठले १३६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी दिपेन्द्र पुन मगरले ८४२ मत प्राप्त गरेका छन् ।

उद्याेग उपाध्यक्षमा ध्रुव कुमार गहत्तराज ११२६ मतका साथ विजयी भएका छन् । गहतराज साझा समावेशी व्यावसायिक प्यानलका उम्मेदवार हुन् । उनका प्रतिस्पर्धी भरतप्रसाद रेग्मीले १०७० मत लिएका थिए।

बाणिज्य उपाध्यक्षमालिलाराम खड्काले ११५२मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजभक्त रानाले १०२० मत प्राप्त गरेका थिए ।

महासचिवमा महेन्द्र बुढाथोकीले १२३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी शालिक खनालले ९५४ मत लिएका थिए ।

सचिबमा विकास वलीले १०८४ मत लिई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी भिमसेन डाँगीले १०८० मत लिएका थिए ।

कोषाध्यक्षमा जगत आचार्य १२०३ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धा प्रेम बहादुर बुढाले ९६८ मत लिएका थिए ।

सह कोषाध्यक्ष माधब खनाल १३२९ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी यादव  बहादुर श्रेष्ठले ७७८ मत लिएका थिए ।

उधोग सदस्यमा बिक्रम  राना १२०७ मत लिई विजयी भएका छन् । उनका प्रतिस्पर्धी सन्तोष नेपालीले ७३४ मत लिएका थिए ।

महिला सदस्यमा लिला नेपाली१०११ मत लिई विजयी भएकी छिन् । उनकाे प्रतिस्पर्धी देबकला बस्नेतले ९५५ मत लिएकी थिइन् ।

बाणिज्य सदस्यहरुमा रुद्र बहादुर  जैसीले ११४२,दिपक पन्डितले१२२५,निम बहादुर बुढाथोकीले ११२०, युवराज पन्तले ११२०,राम प्रसाद पोख्रेलले १३४०, पुष्कर राज न्यौपानेले १०६३, नोर्वु तामाङले १३०६ र सुरज बुढाथोकीले ११५८ मत प्राप्त गरी विजयी भएका छन् ।

कुल ३३५८ मतमा २३५७ मत खसेकाे थियाे । उद्याेग उपाध्यक्ष गहतराजबाहेक सबै विजयी संयुक्त व्यवसायी प्यानलका रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्