आज प्रतिनिधिसभाको बैठक बस्दै – Kanika Khabar
Monday, February 16Nepali News Portal

आज प्रतिनिधिसभाको बैठक बस्दै

    मा प्रकाशित

दाङ, १८ असाेज ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ ।

आजको बैठकमा प्रतिनिधिसभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्