व्यावसायिक वातावरण हुन्छ : प्रजिअ सुवेदी – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

व्यावसायिक वातावरण हुन्छ : प्रजिअ सुवेदी

    मा प्रकाशित

दाङ, १८ असाेज ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले व्यवसायिक वातावरण हुने बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा व्यावसायिक क्षेत्रका समस्याका बारेमा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘व्यावसायिक सुरक्षाका प्रदान गर्न लागि स्थानीय प्रशासन तयार रहेको छ’ प्र जि अ सुवेदीले भने । व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्न समेत उनले आग्रह गरे ।

व्यवसायीहरुले व्यवसाय गर्दा व्यावसायिक मर्यादा कायम गर्नु पर्ने समेत उनले बताए । संघका पूर्व अध्यक्ष चन्द्रराज पन्तले उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीहरुको क्षेत्रमा नभई सामाजिक क्षेत्रमा पनि कार्य गदै आएको बताए ।

जिल्लामा भन्सार छली गरेर सामान ल्याउने गरेको भन्दै यसलाइ नियन्त्रण गरिनु पर्ने बताए । संघका निवर्तमान अध्यक्ष टंकसिंह वुढाथोकीले उद्योग वाणिज्य संघले सबै क्षेत्रसँग सहकार्य गरेर काम गदै आएको बताए । सबैसँगको सहकार्यमा जिल्लाका विकास निर्माण तथा आर्थिक क्षेत्रका काम अगाडि बढाउन सहयोग पुगेको बताए । आउँदा दिनमा पनि सहकार्य निरन्तर हुने उनको भनाइ रहेको छ । संघका नव निर्वाचित अध्यक्ष वसन्त जोशीले उद्योगी तथा व्यवसायीहरुलाई राज्यले सुरक्षाको दिनु पर्ने बताए । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्