एक्सनमा उत्रियो प्रशासन, भक्तपुरमा मास्क नलगाई हिँड्ने ४८ जना पक्राउ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

एक्सनमा उत्रियो प्रशासन, भक्तपुरमा मास्क नलगाई हिँड्ने ४८ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असार २५, भक्तपुर ।
मास्क नलगाए पक्राउ गर्ने गृह मन्त्रालयको कार्यविधिलाई कार्यान्वयन गर्न थालिएको छ । मन्त्रालयको यस्तो कार्यविधिलाई कानर्यान्वयन गर्न भक्तपुर प्रहरी एक्सनमा उत्रिएको छ । भक्तपुरमा मास्क नलगाई हिँडडुल गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिई जरिवाना तिराएर छाडेको छ । प्रहरीले भक्तपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार नियन्त्रणमा लिएको हो ।
मास्क नलगाई घरबाहिर हिँड्नेलाई पक्राउ गर्न गृहको परिपत्र अनुसार नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको र प्रमुख जिल्ला अधिकारीले ऐन अनुसार प्रति व्यक्ति एकसय रुपैयाँ जरिवाना गरेर छाडिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
काठमाडौं उपत्यकामा बढ्दो कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न गृहमन्त्रालय मङ्गलबार मास्क नलगाई घर बाहिर हिँड्डुल गर्ने व्यक्तिलाई कारवाही गर्न मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहतका प्रहरी इकाइलाई निर्देशन दिएको थियो । त्यही निर्देशन अनुसार प्रहरीले सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही तथा जरिवाना गर्न थालेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्