कर्णाली नदीका एक युवक बेपत्ता – Kanika Khabar
Monday, February 16Nepali News Portal

कर्णाली नदीका एक युवक बेपत्ता

    मा प्रकाशित

हुम्ला, २१ असोज ।
तुइन तर्ने क्रममा डोरी चुडिँदा कर्णाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुने युवक मुगुका हुन्।

कर्णाली कोरिडोरको हुम्ला खण्डमा काम गर्दै आएका मुगुको सोरु गाउँपालिका–५ नेरा गाउँका ३८ वर्षका मक्करसिंह नेपाली हिजो बेलुका कर्णाली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बेपत्ता नेपालीको आज बिहानैदेखि खोजी थालिएको छ । उनी हिजो बेलुका काम सकेर वासस्थान फर्किनेक्रममा तुइनको डोरी चुडिँएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्