दाङ, २२ असाेज ।
सरकारले भाेलि मङ्गलबार राष्ट्रिय शाेकका निर्णय गरेकाे छ । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार राष्ट्रिय शाेक निर्णय गरेको हाे ।
आज सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
साथै बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताएकी छिन् ।
इजरायलमा गएकाे शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ‘इन्टर्न’ मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।
(यसअघि राष्ट्रिय शाेेककाे निर्णय हुनुपर्नेमा अन्यथा पर्न गएकाेले सच्चाइएकाे छ । त्यसप्रति हामी क्षमाप्रार्थी छाैँ ।सम्पादक)


