नारायणपुर उवासंघद्वारा बधाई तथा शुभकामना कार्यक्रम – Kanika Khabar
Monday, February 16Nepali News Portal

नारायणपुर उवासंघद्वारा बधाई तथा शुभकामना कार्यक्रम

    मा प्रकाशित

दाङ, २३ असाेज ।

नारायणपुर उद्याेग वाणिज्य संघकाे आयोजनामा दाङ जिल्ला उद्याेग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ ।

संघले आज मंगलबार एक कार्यक्रमकाे आयाेजना गरी संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा बाेल्ने वक्ताहरूले उद्याेग व्यवसायका क्षेत्रमा तथा उद्याेगी व्यवसायीका हकहितका पक्षमा सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा दाङ जिल्ला उद्याेग वाणिज्य संघका अध्यक्ष वसन्त जाेशीले व्यावसायिकका पक्षामा दाङ जिल्लामा रहेका सबै उद्याेग वाणिज्य संघसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । व्यवसायीका हकहितका साथै दाङकाे विकासका लागि जिल्लाका संघसँग सहकार्य गर्नुका साथै दाङलाई पर्यटकीय हब बनाउन व्यवसायी लाग्नुपर्ने बताउँदै जिल्लालाई पर्यापर्यटनका रूपमा अगाडि बढाउन लागिपर्ने बताए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष दानबहादुर बुढाथाेकी, गाेपाल लम्साल, मानार्थ सदस्य माधवप्रसाद पाण्डे, दाङ जिल्ला उद्याेग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष लिलाराम खड्का, उद्याेग उपाध्यक्ष ध्रुवराज गहतराज, महासचिव महेन्द्र बुढाथाेकी लगायतले मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

संघका निवर्तमान अध्यक्ष महेन्द्र दाहालकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण महासचिव बसन्त न्याैपानेले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्