कुखुरा तथा दाना व्यवसायी समितिद्वारा बधाई तथा शुभकामना कार्यक्रम – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

कुखुरा तथा दाना व्यवसायी समितिद्वारा बधाई तथा शुभकामना कार्यक्रम

    मा प्रकाशित

दाङ, २३ असाेज ।

सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिकाे आयोजनामा दाङ जिल्ला उद्याेग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ ।

समितिले आज मंगलबार एक कार्यक्रमकाे आयाेजना गरी संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा बाेल्ने वक्ताहरूले उद्याेगी व्यवसायीका हकहितका पक्षमा सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा दाङ जिल्ला उद्याेग वाणिज्य संघका अध्यक्ष वसन्त जाेशीले कुखुरा तथा दाना व्यवसायीसँगै सहकार्य गरेर व्यवसायीका हक अधिकार तथा व्यवसायकाे उन्नयनका लागि काम गर्ने बताए ।

कार्यक्रममा समितका निवर्तमान उपाध्यक्ष तथा दाङ जिल्ला उवासंघका महासचिव महेन्द्र बुढाथोकी , समितका निवर्तमान अध्यक्ष तथा संघका सदस्य निमबहादुर बुढाथाेकी लगायतले मन्तव्य राखेका थिए ।

समितिका अध्यक्ष मिनु गिरीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

समितिका उपाध्यक्ष रूद्र जैशी शर्माकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव सुन्दर बस्नेतले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्