गौमाता रक्षार्थ महायज्ञमा हरेक दिन गौमाता पञ्चआरती हुने – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

गौमाता रक्षार्थ महायज्ञमा हरेक दिन गौमाता पञ्चआरती हुने

    मा प्रकाशित

दाङ २४ असोज
गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा हरेक दिन गौमाता श्रृङ्गारिक पञ्चआरती एवं शतचण्डी पाठ हुने भएको छ । श्री योगी आदित्यनाथ फाउन्डेसनको आयोजनामा असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रृङ्गारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ मा हरेक दिन श्रृङ्गारिक गौमाता पञ्चआरती एवं हरेक दिन शचतण्डी पाठ हुने आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिए ।

समाजमा राष्ट्रि« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश(गाई, गोरु, बाच्छा,बाच्छी)को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा हरेक दिन गौमाताको महत्वसहित श्रृङ्गारिक पञ्चआरती गरिने आयोजक मूल समितिका सहसंयोजक बिमला योगीले जानकारी दिइन् ।

विजयादशमी २०८० को अवसरमा आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रृङ्गारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ अन्य महायज्ञभन्दा फरक उद्धेश्यले आयोजना गरिएकाले यस यज्ञलाई सफल बनाउनका लागी सबैजना आ–आफ्नो स्थानबाट लागि पर्न आयोजक मूल समितिले अनुरोध गरेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्