तुलसीपुर, २४ असोज ।
बालबालिकाको शैक्षिक उपलब्धिका लागि मनोपरामर्शको आवश्यक रहेको तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
अप्टिमिस्ट क्लब अफ दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागीले बालबालिकाको मनोसामाजिक अवस्था बुझेर सिकाउन सके सिकाईमा उपलब्धि हुने बताएका छन् ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले बालबालिकाको भविष्य उज्वल बनाउनका लागि बेलाबेलामा मनोपरामर्श आवश्यक रहेको बताए
‘विद्यार्थीको दिमागमा भएको ज्ञान प्रस्फुटीत गराउन मनोपराशर्म आवश्यक छ ।’ उनले भने–‘सिकाईलाई प्रभावकारी बनाउन बालबालिकाको रुचि बुझ्नुपर्छ ।’
बालबालिकालाई विभिन्न समयमा मनोविमर्श गर्दा उनीहरुको सिक्ने र खोजी गर्ने चाहना बढ्ने उनको भनाई छ । अध्यक्ष जिसीले बालबालिकाको आवश्यकता अनुसारको सिकाईका लागि मनोपरामर्श समय समयमा आवश्यक रहेको बताए ।
कार्यक्रममा मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीले शिक्षण सिकाईमा परिवर्तन ल्याउनका लागि बालबालिकालाई मनोपरामर्श आवश्यक रहेको बताए । उनले बालबालिकाको मनोसमाजिक विमर्शले सिकाईमा उपलब्धि हासिल हुने बताए । क्लबका अध्यक्ष डिआर भण्डारीको अध्यक्षता तथा वडा अध्यक्ष जिसीको प्रमुख आतिथ्यता एवं कालाखोला माविका प्रधानाध्यापक चौधरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजिव ओझा, पार्वती शर्मा, नारायण लामिछाने, सेफ सिद्धिकी, नवराज शर्मा, मान बहादुर चौधरी, तिलक कालाथोकी, सन्देश भण्डारी, सकल सोनी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रभात धितालले गरेका हुन् ।


