दाङमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
भालुबाङ, २५ असोज ।
दाङमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको भालुबाङमा काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ७ ख ५९७१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका—४, स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको मृत्यु रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

बिहान करिब साढे ८ बजेको समयमा बाटो क्रस गर्ने क्रममा बसले खनाललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई भालुवाङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक खनालको शव पोस्टमार्टमका लागि घोराही पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्