दाङ, २५ असोज
गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवम् दशै धार्मिक महोत्सवमा करोड दीप प्रज्वलन गरिने भएको छ ।
श्री योगी आदित्यनाथ फाउन्डेसनको आयोजनामा असोज २८ देखि कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्गारिक पञ्चआरती धार्मिक दशै महोत्सव’ मा करोड दीप प्रज्वलन हुने आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिए ।
समाजमा राष्ट्रिय एवम् धार्मिक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने आयोजक मूल समितिका संयोजक योगीले जानकारी दिए । भक्तजनहरुको सहभागीतामा करोड दीप प्रज्वलन गरिने उहाँले जानकारी दिए ।
विजयादशमी २०८० को अवसरमा आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ को वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट विभूषित प.अमृतशरण देवाचार्य रहेका छन् । अन्य महायज्ञभन्दा फरक उद्धेश्यले आयोजना गरिएकाले यस यज्ञलाई सफल बनाउनकालागी सबैजना आआफ्नो स्थानबाट लागिपर्न आयोजक मूल समितिले अनुरोध गरेको छ ।


