सञ्चार, सूचना तथा प्रविधिको प्रयोग सहज र जीवनाेपयोगी बन्नुुपर्छ : अध्यक्ष पुन – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

सञ्चार, सूचना तथा प्रविधिको प्रयोग सहज र जीवनाेपयोगी बन्नुुपर्छ : अध्यक्ष पुन

    मा प्रकाशित

बंगलाचुली, २६असोज ।
बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन (सुवास)ले सञ्चार , सूचना तथा प्रविधिको विकास सहज जीवन उपयोगी बन्नुुपर्ने बताएका छन् । स्वच्छ नेपालको आयोजना तथा नेपाल टेलिकमको आर्थिक सहयोगमा सञ्चालित सञ्चार, सूचना तथा प्रविधि विकासमा किशोर–किशोरी तथा युवा–युवतीहरुको पहुँच विषयक एकदिने सचेतना मूलक कार्यक्रमको उद्घाटन गर्दै प्रमुुख अतिथि गाउँपालिका अध्यक्ष पुनले यस्तो बताएका हुन् ।

स्वच्छ नेपालकी  अध्यक्ष बिन्दु गिरी आचार्यका अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुनले बढ्दो सञ्चार , सूचना प्रविधिको विकासको सही सदुपयोगले दैनिक जीवनलाई सहज बनाउने भएपनि दुुरुपयोग मानव अधिकारीलाई जोखिममा पार्न सक्ने बताएका थिए । जसकाले सञ्चार , सूचना तथा प्रविधिको सही प्रयोग नै आजको आवश्यकता रहेको बताएका हुन् ।
कार्यक्रममा बंगालचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले बढ्दो सञ्चार, सूचना तथा प्रविधिको विकाससँगै यसको दुुरुपयोगको जोखिम समेत देखा पर्दै गईरहेको बताएका छन् । जसका कारण प्रविधिको प्रयोग सजतापूर्वक गर्नुुपर्नेमा उनको भनाई रहेको थियो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रवक्ता तथा वडा नं. ३ वडाध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं. ४ की वडा सदस्य मिना परियार, निमित्त प्रमुख प्रशासकिय अधिकृत लुमाकान्त कालाथोकी , रेडियो बंगलाचुली स्टेसन म्यानेजर जीवन नेपाली, कार्यक्रममा प्रशिक्षक नेपाल टेलिकम घोराही शाखाका प्रमुख माधव खनाल, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्