आज कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

आज कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री

    मा प्रकाशित

विराटनगर, २७ असोज ।
कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति हुँदै छ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधर केदार कार्कीमा को मुख्यमन्त्री बन्ने भन्ने छिनोफानो हुनेछ । मुख्यमन्त्रीको छिनोफानो भएपछि प्रदेशले नयाँ मुख्यमन्त्री पाउने छ ।

मुख्यमन्त्रीमा दुईजनाको दाबेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेका छन् । बिहान ८ देखि दिउँसो २ बजे भित्र सनाखत गराई सकेपछि आज मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

माओवादीका आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङ्बोले बुझाएको पत्रमा राखिएको आफ्नो समूहका सांसदहरूको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिवाद गर्दै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्