दाङ, २७ असोज
घोराहीमा असोज २८ गतेदेखि हुने महायज्ञ स्थलको सरसफाइसँगै भौतिक संरचना निर्माणमा नेपाली सेनाले सहयोग गरेको छ । श्री योगी आदित्यनाथ फाउन्डेसनको आयोजनामा असोज २८ देखि कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा गौमाता रक्षार्थ हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ स्थल कर्मचारी मिलन केन्द्रको घोराहीको नेपाली सेनाको टिमले सहयोग गरेको हो ।
समाजमा राष्टिय« एवं धार्मीक जनावर गाईको महत्व थप स्थापीत गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञ स्थलमा मन्दिर निर्माण लगायतका भौतिक संरचना निर्माणको काममा नेपाली सेनाले सहयोग गरेको आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउन्डेसनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिए ।
श्री रणसिंह गण दल भरतपुर ब्यारेक घोराहीको टिमले शुक्रवार र शनिवार भौतिक निर्माणमा सहयोग गरेको हो ।
विजयादशमी २०८० को अवसरमा असोज २८ देखि कार्तिक ५ गतेसम्म आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मीक दशै महोत्सव’ को वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट विभूषित प.अमृतशरण देबाचार्य रहेका छन् ।


