कर्णाली प्रदेश सम्पन्न भए , मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

कर्णाली प्रदेश सम्पन्न भए , मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का

    मा प्रकाशित

सुर्खेत, २७ असाेज ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभएको छ । उद्योग वाणिज्य संघले सुर्खेतमा शनिबार आयोजना गरेको
कार्यक्रमलाई सम्बोधन गर्नुहँदै उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सिंगो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकास देखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उहाँले बताउनु भयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भोटको राजनीतिका विकास निर्माणलाई असर गर्न नहुनेमा जोड दिनुभयो । विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । उहाँले कर्णालीको विकासमा देखिएका समस्या र समाधानका उपाय पत्ता लगाएर देखिएका कमी कमजोरी सच्याएर काम गरे अबको १०-१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने बताउनु भयो ।
वर्तमान परिप्रेक्ष्यमा विकास निर्माणमा असर पार्ने गरी कसैले राजनीति गरे त्यो राजनीति नभई जनतामाथिको बेइमानी हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।
उहाँले प्रादेशिक ओैधाेगिक ग्रामकाे कामलाई पनि चाँडै सुरूवात हुने जानकारी पनि दिनुभयाे । उपप्रधानमन्त्री खड्काले हालकाे सुर्खेत विमानस्थलले भविष्यकाे जनघनत्वकाे चाँप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठूलाे विमानस्थलका लागि अहिलेदेखिनै पहल गर्नुपर्ने आवश्कता ओैल्याउनु भयाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्