घोराही,३० असोज ।
घोराहीमा नयाँ इलेक्ट्रिक स्कुटर शोरुम सञ्चालनमा आएको छ । विद्युतीय चार्जवाट चलाउन सकिने इलेक्ट्रिक स्कुटर घोराही उपमहानगरपालिका–१५ मा सञ्चालनमा आएको हो ।
युवा व्यवसायीहरु शरद खनाल र मार्कण्डेय रेग्मीले घोराही उपमहानगरपालिका–१५ रतनपुरमा शोरुम सञ्चालनमा ल्याएका हुन । रेडियन इटालिया कम्पनीको यो स्कुटर कम खर्चमा चलाउन सकिने भएकाले फाइदा रहेको सञ्चालक खनालले जानकारी दिएका छन । स्कुटरको मुल्य १ लाख ९९ हजार रुपैया रहेको छ ।
यो स्कुटरमा नयाँ डिजाइनका साथ ल्याइएको हो । शोरुमको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । शोरुमको उद्घाटन नेपाली काग्रेसका लुम्विनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले गरेका हुन् ।


