समाज कल्याण केन्द्रद्वारा हापुर माविमा विद्यार्थीलाई सहयोग – Kanika Khabar
Monday, February 16Nepali News Portal

समाज कल्याण केन्द्रद्वारा हापुर माविमा विद्यार्थीलाई सहयोग

    मा प्रकाशित

घोराही,३० असोज । समाज कल्याण केन्द्र नेपालले असहाय बालबालिकालाई शिक्षामा सहयोग गर्ने उद्देश्यले हापुर माविमा अध्ययनरत दुई जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

समाज कल्याण केन्द्र नेपालको असहाय बालबालिकाको शिक्षाका लागि रु एक खुत्रुके बचत अभियानअन्तर्गत मंगलवार घोराही उपमहानगरपालिका वडा नं. १२ स्थीत हापुर माध्यामिक विद्यालय निघुवारमा अध्ययनरत दुई जना विद्यार्थीलाई सहयोग गरेको हो ।

समाज कल्याण केन्द्र नेपालका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा हापुर माध्यामिक विद्यालय निघुवारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाशुदेव गौतमको प्रमुख आतिथ्यता एवं विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार न्यौपानेको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा पूर्णिमा पुनमगर र कक्षा ८ मा अध्ययनरत छात्र सुवर्ण चौधरीलाई विद्यालय पोषक,झोला,स्टेशनरी सामग्रीसहित शैक्षिकसत्र २०८० मा अध्ययनका क्रममा लाग्ने सम्पूर्ण शुल्क निशुल्क हुनेगरी केन्द्रले सहयोग गरेको हो । केन्द्रले दुई जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म अध्ययनका लागि निरन्तर रुपमा सहयोग गर्नेछ । ।

कार्यक्रमबाट प्रभावित भएर विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार न्यौपानेले आफनो बुबाआमाको स्मृतिमा बार्षिक रुपमा सस्थालाई दुई हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको उद्देश्यका बारेमा सस्था सदस्य तथा रु १ खुत्रुके बचत अभियानका सदस्य पुजा योगीले जानकारी दिएकी थिइन ।

कार्यक्रमको सहजीकरण सस्थाका सचिव जानका केसीले गरेकी थिइन । सस्थाले रु १ खुत्रुके बचत अभियान चलाएर आर्थिक रुपम विभिन्न एवं अनुशासित तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग गर्दै आएको रु १ खुत्रुके बचत अभियानकी संयोजक शारदा घर्तीमगरले जानकारी दिएकी छिन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्