गाजाको एक अस्पतालमा रकेट आक्रमण हुँदा ५ सय जनाको मृत्यु भएको आशङ्का – Kanika Khabar
Monday, February 16Nepali News Portal

गाजाको एक अस्पतालमा रकेट आक्रमण हुँदा ५ सय जनाको मृत्यु भएको आशङ्का

    मा प्रकाशित

एजेन्सी ।
इजरायल र हमासबिचको युद्धले दिनानुदिन फरक रुप लिन थालेको छ । आज युद्धको १२ औँ दिन गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको मृत्यु भएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको मृत्यु भएको दाबी गरेको छ भने इजरायलले यो दाबीको खण्डन गरेको छ ।
इजरायलले दाबीको खण्डन गर्दै अस्पतालमा आफूले आक्रमण नगरेको बताएको छ । इजरायलले आक्रमणको आरोप हमासलाई लगाएको छ । हमासले प्रहार गरेको रकेट असफल हुँदा अस्पतालमा विस्फोट भएको इजरायलले दाबी गरेको बीबीसीले जनाएको छ । हमासले यो घटनालाई युद्ध अपराध भनेको छ ।

यो अस्पतालमा सयौ बिरामी, घाइते र विस्थापितहरु बस्दै आएका थिए । विस्फोटपछि उनीहरुमध्ये सयौ व्यक्ति अस्पतालको भग्नावशेषमा पुरिएका जनाइएको छ । अस्पतालका अनुसार त्यहाँ झण्डै चार हजार जनाले शरण लिएका थिए ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यो आक्रमण इजरायलले गरेको पुष्टि भए सन् २००८ पछिकै सबै भन्दा घातक आक्रमण हुने जनाएको छ । विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्