मुस्ताङ, १ कार्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लालाई ५० करोड रुपैयाँ उपलब्त्र गराउने घोषणा गरेका छन् । आज बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुस्ताङ जिल्लालाई ५० करोड रुपैयाँ उपलब्त्र गराउने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री दाहालले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि मुस्ताङलाई उपलब्ध गराउने बताएका हुन् ।
जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीहरूबारे सरकार र जनताबीच संवाद गर्न प्रधानमन्त्री दाहाल मुस्ताङको जोमसोममा आएका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रले आयोजना गरेको जलवायु संवाद कार्यक्रममा प्रधानमन्त्री दाहाल सहभागी भएका हुन् ।


