दाङ, १ कार्तिक ।
गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा गोठालाहरुलाई सम्मान गरिएको छ ।
श्री योगी आदित्यनाथ फाउन्डेसन आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित भएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ मा गाई संरक्षणकालागी क्रियाशील ६ जना गोठालाहरुलाई सम्मान गरिएको हो ।
राष्ट्रिय एवं धार्मिक जनावर गाईको महत्व थप स्थापित गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेसनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा गोठालाहरु तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का राजु शर्मा, भक्तबहादुर बि.क, शिवसिहं बुढाथोकी, नविना वली, लिला घर्ति, रवि शाहीलाई सम्मान गरिएको हो । महायज्ञको वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट बिभुषीत प.अमृतशरण देबाचार्य रहनुभएको छ । महायज्ञमा गोठालाहरुलाई नियमीत सम्मान गरिने आयोजक मूल समितिका संयोजक भरतनाथ योगीले जानकारी दिनुभयो ।


